सवारी दुर्घटनामा परेका २ जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १४:१२
File Photo

काठमाडौँ, ३० साउन । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परी थप उपचार गराइरहेका २ जनाको ज्यान गएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका-६ स्थित थापा पार्टी प्यालेस नजिक बा.१९प ३३६१ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही नगरपालिका-५ बस्ने सिन्धुपाल्चोक चौतारा घर भएकी ७० वर्षीया लक्ष्मी श्रेष्ठ र ६५ वर्षीया मैया श्रेष्ठलाई सोमबार ठक्कर दिंदा घाइते भएकोले डा.युवामुरा अस्पताल सल्लाघारी हुँदै थप उपचारको लागि कृष्ट अस्पताल ईमाडोल पठाइएकोमा उपचारको क्रममा लक्ष्मी श्रेष्ठको मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरखाको गोरखा नगरपालिका-६ स्थित गोरखा-आंबुखैरेनी सडक खण्डमा बा.७३ प ५९५८ नम्बरको मोटरसाइकललाई लु.१ ग १३९ नम्बरको गाडीले मंगलबार ठक्कर दिंदा मोटरसाइकल चालक गोरखा नगरपालिका-५ पस्लाङ घर भएका असीम खान खवास घाइते भएकोले जिल्ला अस्पताल गोरखाबाट थप उपचारको लागि पुरानो मेडीकल कलेज भरतपुर चितवन पठाइएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*