भन्सार छलेर सुन ल्याउने २ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १३:५४

काठमाडौं,३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजान लागेका २ जनालाई २ सय ४९ ग्राम सुनका बाला सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा कल्याणपुर नगरपालिका-३ बस्ने सन्तोष कुमार चौधरी र सिरहा अर्नमा गाउँपालिका-५ घर भएका रामबृक्ष यादव रहेका छन् । चौधरीलाई १ सय ४९ ग्रामको ३ थान बाला सहित र यादवलाई १ सय ग्रामको २ थान बाला सहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भंसार कार्यालय गौचरमा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*