नक्कली नेपाली रुपैयाँ सहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १३:४९
File Photo

झापा, ३० साउन । भारत दार्जिलिङ सिलगुडी घर भएका ४० वर्षीय सतिस अग्रवाल र २४ वर्षीय हितेस अग्रवाललाई ५० हजार नक्कली नेपाली रुपैयाँ सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

मेची नगरपालिका-६ मेची भंसार गेट अगाडि भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरुलाई प्रहरीले जाँच गर्दा सतिसको साथबाट एक हजार दरका ३३ थान र हितेसको साथबाट १७ थान गरी उक्त परिमाणको उक्त नक्कली रुपैयाँ बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*