हेटौँडामा घरबेटीहरुको यस्तो ज्यादती

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार ११:४४

–जी. न्यौपाने
हेटौँडा, ३० साउन ।
घर भाडामा लगाएर मोटो रकम असुल्ने घरवालाहरुले घरबहाल कर नतिर्ने कुरा खुल्न आएको छ । यता पानी बत्तिको मिटरको पैसा पनि आफुखुशी उठाउने, भाडामा बस्नेसँग फोहोरको पैसा पनि लाग्नेभन्दा डबल–टेब्बर नै लिने , घरभाडामा बस्नेहरुसँग घरभाडा पनि मज्जाले लिने त्यसमाथि पनि घरबहाल कर पनि भाडामा बस्नेले नै तिर्नुपर्ने समस्या आएको जानकारी हुन आएको छ ।

‘घरबहाल कर पनि दुई–दुई तिर तिर्नुपर्छ, एउटा उपमहानगरपालिका र अर्को आन्तरिक राजश्व कार्यालय । हामी दोहोरो मर्कामा परेका छौँ, घरभाडामा लिएर पसल सञ्चालन गर्दै आएका राप्तीरोड स्थित एक पसल संचालकले बताए । राप्तिरोडमा मात्र होईन हेटौँडाका अधिकांश ठाउँहरुमा व्यवसायीहरुले नै घरबहाल कर तिर्ने गरेको व्यवसायीहरु बताउँछन् । वर्षमा ५० हजारको हाराहारीमा कर बुझाउनुपर्छ, त्यसमाथि पनि चन्दा, सहयोग, माग्ने मान्छेहरु पनि त्यत्तिकै आउँछन्, व्यवसायीहरुले कसरी धान्ने ? व्यवसाय गरेर घर चलाउन मुस्किल छ । त्यसमा पनि चारैतिर कर तिर्नुपर्ने, त्यसको अलवा बेला–बेलाको बन्द र आमहड्तालले व्यवसायीहरु मर्कामा छन् ।

सरकारले र संघसंस्थाहरुले समेत कालो बजारी गर्नेहरुलाई कालो बजारी गर्न छुट दिएको र दुःख र मिहेनतको कमाई खान्छु भन्नेहरुलाई चारैतिर कर तिर्न बाध्य पारीरहेको एक श्रोतले बताए । विदेश नगएर आफ्नै देशमा सम्भावना खोज्छु भन्नेहरुलाई व्यवसाय गरेर खाना दिने वातावरणको सिर्जना नगरीदिँदा व्यवसायीहरु मर्कामा छन् । ‘यसै कारणले युवाहरु विदेश गएका हुन्, देशमा केही गर्न लाग्यो कुनै कुरा पनि सहज ढंगले चल्ने स्थिति छैन, लोकतन्त्र नभइ कुर्सी तन्त्रमा सिमित नेताहरुलाई के दोष दिनु र कत्ति गुनासो गर्नु ?, युवाहरुको आरोप छ ।

देशमा नै उद्योग धन्दा गरेर खान्छु भन्ने व्यवसायीहरुलाई व्यवसायीक कर, घरबहाल कर, पानी बत्ती फोहोर कर, बेलाबेलामा गर्नुपर्ने सहयोग, विभिन्न प्रकारका चन्दाहरु, माग्ने मान्छे लगायतका यी सबै कुराहरुले ढाड भाँच्ने गरेको व्यवसायीहरु बताउँछन् ।

‘घरभेटीलाई घरबहाल कर तिर्नुपर्यो नि तपाईँहरुले भन्दा घरभाडा बढाउने, घर खाली गर्नुपर्ने स्थिति आउँछ, त्यो नआओस् भनेर नै हामीहरुले घरबहाल कर तिर्दै आएका छौँ,’ व्यवसायीहरु बताउँछन् । ‘आन्तरिक राजश्व कार्यालयमा पनि बढी कर तिरीरहनु परेको छ । घरबहाल कर पनि एकातिर तिर्नुपर्छ, दोहोरो मारमा हामी परेका छौँ, स्थानीय सरकारले पनि हुनेखानेलाई मात्र टेवा दिए, हामीजस्ता स–साना व्यवसाय गरेर खानेहरुलाई मर्कामा पारे,’ व्यवसायीहरु गुनासो पोख्छन् । यस कुरामा सम्बन्धित निकाय र स्थानीय सरकारले निगरानी गरेर देशमा नै व्यवसाय गरेर खाने वातावरण बनाईदिनुपर्ने उनीहरुको भनाई छ ।
–आज प्रकाशित कुनेढुङ्गो साप्ताहिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*