लागूऔषध गाँजा सहित पक्राउ
बारा २९ साउन । भारत मोतीहारी नरकटीया बस्ने ५० वर्षीय लक्ष्मण साह र भारत रक्सौल बस्ने ७० वर्षीय पासपत साहलाई लागूऔषध गाँजा अन्दाजी ३ केजी २ सय ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जितपुर सिमरा उपमहानगरपालिका(२२ स्थित सडकमा शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरू उक्त लागूऔषध सहित फेला परेका हुन् ।
घटनाको षियमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
