आसरा सुधार केन्द्रको २०औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं २९ साउन । आसरा सुधार केन्द्र, रानीबारीकी अध्यक्ष श्रीमती प्रमिला खनालको उपस्थितिमा सोही केन्द्रको २०औं वार्षिक साधारणसभा केन्द्रको कार्यालय रानीबारीमा मंगलबार सम्पन्न भएको छ ।
साधरणसभामा आर्थिक वर्ष २०७४।०७५ को प्रतिवेदन, कार्यकारिणी समितिका पदाधिकारी नियुक्ति, लेखा परीक्षक नियुक्ति लगायतका विषयमा छलफल भएको थियो ।
