माओवादी मकवानपुरमा डामाडोल, विष्टलाई नेकपा जिल्ला सचिव बनाउने चलखेल

तु खबर संवाददाता
२०७५ श्रावण २९, मंगलवार १६:०६

हेटौँडा, २९ साउन । केन्द्रमा एकता भएसँगै प्रदेश र जिल्ला तहमा समेत एकताको लागि जुटेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा जिल्लागत एकताका सवालमा डामाडोल अवस्था देखिएको छ । तु खबरलाई प्राप्त पछिल्लो जानकारी अनुसार तत्कालिन माओवादी केन्द्र मकवानपुरबाट विष्णु विष्ट आदर्शलाई नेकपा जिल्ला सचिव बनाउने एलौटी समझदारी भएको छ ।

एक सचिवालय सदस्यका अनुसार माओवादी केन्द्रका सांसदद्वय प्रेमबहादुर पुलामी छिन्तु र कुमारी मोक्तानबिच विष्टलाई जिल्ला सचिव बनाउने समझदारी भएको हो । यस अघि समेत पार्टीमा एकलौटी निर्णय थोपर्दै आएको आरोप लाग्ने गरेका सांसद पुलामीले आफुलाई प्रदेससभा चुनावमा सघाएको गुन तिर्न विष्टलाई सचिव बनाउन लागेको एक सदस्यले दाबी गरे ।

माओवादी केन्द्र मकवानपुरको पछिल्लो बैठकमा कमान सिं पाख्रिन पृथक, भीम पाख्रीन , मानकुमारी नेपाली, बलराम बल, प्रकाश पाण्डे ,विष्णु विष्ट, र प्रमिला पुलामी मध्येबाट नेताहरु मध्ये कुनै एकलाई नेकपा जिल्ला सचिव बनाउनुपर्ने माग उठेको थियो । आँकाक्षीहरुको नाम जिल्ला सचिवका लागि प्रदेशमा सिफारिस समेत गरिएको जानकारी प्राप्त भएको छ । तर पुलामीको ठाडो आदेशमा विष्टलाई सचिव बनाउने चलखेल सुरु भएको सदस्यहरुको दाबी छ । जिल्ला सचिव बन्ने ठूलो सम्भावना भएको भनिएका पार्टीका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन पृथक लगायतका नेताहरुलाई पुलामीले पाखा लगाउन खोजेको समेत सचिवालय सदस्यहरुले आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*