बाँकेमा पानीमा डुबेर १ जनाको मृत्यु

तु खबर संवाददाता
२०७५ श्रावण २९, मंगलवार १३:२७
file-photo

काठमाडौं २९ साउन । बाँके डुरुवा गाउँपालिका ५ खग्रहवा बस्ने २१ वर्षीय युगेश गिरीको पानीमा डुबेर मृत्यु भएको छ । सोही स्थानमा रहेको खग्रहवा नालामा सोमबार डुबेर मृत्यु भएको अवस्थामा उनी फेला परेका थिए ।

त्यसैगरी कैलाली गोदावरी नगरपालिका ३ बस्ने कमल चौधरीको ३ वर्षीया छोरी नन्दनी चौधरी मोहना नदीमा सोमबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*