‘नो पार्किङ’मा सवारी रोकेको भन्दै स्कुलरोडबाट ६ वटा मोटरसाईकल नियन्त्रणमा

तु खबर संवाददाता
२०७५ श्रावण २८, सोमबार १७:००

मकवानपुर २८ साउन । नो पार्किङ एरीयामा सवारी रोकेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाको स्कुलरोडबाट ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । नो पार्किङमा सवारी पार्क गर्ने सर्वसाधारणको मोटरसाईकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी नरेश सिंहले जानकारी दिए ।

मकवानपुर उद्योग वाणिज्य संघले आईतबार हेटौंडा उपमहानगरपालिकासंग ‘नो पार्किङको’ विषयमा सहमति भएको भन्दै हल्ला चलाएपछि अहिले हेटौंडाका सडकमा २ पाङग्रे सवारीहरु रोकिएका छन् । तर नो पार्किङमा सवारी रोकिएको भन्दै प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिईरहेको छ ।

यस विषयमा तु खबरले हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबोल महत संग फोन सम्पर्क गर्दा नो पार्किङ व्यवसथापनको जिम्मा प्रहरीलाई दिईएको कारण प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएको बताए । उनले विकल्प भएतापनि नो पार्किङ एरियामानै सवारी पार्किङ गरेको पाईएकोले प्रहरीले यस्तो गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*