मेयर महत भन्छन्  : ‘नो पार्किङ’को विषयमा सहमति भएको छैन, आखिर किन गलत सुचना बाँडदै छ मउवा संघ ?

तु खबर संवाददाता
२०७५ श्रावण २८, सोमबार १६:१०

बलराम पुडासैनी

मकवानपुर २८ साउन । हेटौंडा उपमहानगरपालिकामा सवारी व्यवस्थापनमा समस्या देखिन थाल्यो, जसका कारण बजारका मुख्य रोडहरुमा ‘नो पार्किङ’ लागु गर्ने विषय उठेसंगै हेटौंडाका व्यवसायीहरुले यस विषयमा असहमति जनाउँन थाले ।
‘नो पार्किङ’ लागु भएपछि भएपछि आफ्ना सवारी साधन कहाँ रोक्ने अनि ग्राहकले सवारी कहाँ रोकेर सामान खरिदविक्रि गर्ने ? व्यवसायीमा चिन्ता थपियो ।
हेटौंडा उपमहानगरपालिका र जिल्ला ट्राफिकले विकल्प नदिई ‘नो पार्किङ’ भन्दै सडकमा सवारी पार्किङ गर्न रोक लगायो भन्ने व्यवसायीको आरोप थियो ।

सोहि विषयमा थप विवाद सुरु भएपछि हेटौंडा उपमहानगरपालिकाकै उपमेयर मिनाकुमारी लामाको नेतृत्वमा पार्किङ अध्ययन समिति समेत निर्माण गरियो ।
उक्त समितिले बजार अवलोकन गरी तयार पारेको प्रतिवेदन नगरपालिकामा बुझाएको तर उक्त विषयमा नगरपालिकाका मेयर हरीबोल महतले कुनै वास्ता नगरेको भन्ने मकवानपुर उद्योग वाणिज्य संघको गुनासो सहित विरोधमा उत्रियो ।

हेटौंडाको राप्तीरोड, स्कुलरोड लगाएतका स्थानमा ‘नो पार्किङ’ लागु गर्ने प्रयासहरु नगरपालिकाले गरेपनि व्यवसायीको विरोधपछि केहिदिन भने यस विषयले पुर्णता पाउन सकेन ।
एकैदिन विहान लागु गरिएको ‘नो पार्किङ’ दिउँसो लागु नभएको अवस्था थियो ।
त्यस लगतै ‘नो पार्किङ’को विषयमा थप विवाद बढ्न थालेपछि मकवानपुरको प्रशासन र हेटोंडा उपमहानगरपालिका समेतको संयुक्त बैठकले पुर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका क्षेत्रमा ‘नो पार्किङ’ लागुगर्ने निर्णय गर्यो ।

उक्त निर्णय अनुसारनै प्रहरी समेत परिचालन गरी प्रशासनले हेटौंडा बजारका केहि रोडहरुमा ‘नो पार्किङ’ लागु गर्यो । केहि स्थानमा पार्किङ एरिया भनेर पनि छुट्यायो । तर व्यवसायीहरु भने आफुहरुलाई मार पार्नेगरी स्थानीय निकाय र प्रशासनले निर्णय गरेको भन्दै मउवा संघको वरीपरि घुम्न थाले । व्यवसायीको साथ पाएको मउवा संघले विभिन्न आन्दोलनको घोषणा गर्यो । अनि केहि दिन आन्दोलन समेत गर्यो ।

आईतबार हेटौंडाका पसलहरुबाट चावी संकलन गरी भोलिपल्ट चावी हेटौंडाका मेयरलाई बुझाउने तयारी पनि गर्यो । आइतबारनै मउवा संघका कार्यकारी उपाध्यक्ष माधव न्यौपाने सहित मउवा संघका केहि प्रतिनिधिहरु नगरपालिकाको कार्यालयमा छलफलका लागि पुगेका थिए । केहि समय छलफल चल्यो तर आधिकारीक निर्णय भने केहि पनि नभएको मेयर महतले जानकारी दिए ।
उता ४ दिनदेखि व्यवसाय बन्द गरेर आनदोलनमा उत्रिएका व्यवसायीलाई आर्थिक भार भने परिनैरहेको थियो । केहि व्यवसायीहरु भने पसलको चावीनै बुझाउने भनेर आत्तिएका समेत थिए ।

छलफल पश्चात सञ्चारमाध्यमहरुले के भयो छलफलमा भन्ने प्रश्न गदाए कार्यकारी अध्यक्ष न्यौपानेले ‘नो पार्किङ’को विषयमा नगरपालिकासंग सहमति भएको बताएका थिए । सहमति भएकै कारण आफुहरुको आन्दोलन समेत फिर्ता लिने बताएका थिए । उनले सहमतीमा व्यवसायीले नगरपालिकाले तोकेकै स्थानमा सवारी पार्किङ गर्नुपर्ने र ग्राहकले केहि बेर रोडमै पार्किङ गर्न पाउनेगरी सहमति भएको बताए ।

सोहि छलफलकै कारण आजबाट आन्दोलन फिर्ता भएको छ र हेटोंडाका पसलहरु संचालनमा आएका छन् । तर छलफल भएको केहि बेर पश्चातनै मेयर महतलाई फोन सम्पर्क गर्दा केहि पनि सहमति नभएको बताए । उनले मकवानपुर उद्योग वाणिज्य संघले झुटो सुचना व्यवसायीमा बाँढेको भन्ने आरोप समेत लगाए ।
मउवा संघका कार्यकारी अध्यक्ष न्यौपाने र मयेर महतको फरक फरक कुरा आएपछि हाल व्यवसायीहरु अलमल्लमा परेका छन् ।

लिखित तथा मौखिक कुनैपनि सहमति नभएको मेयर महतले दाबी गरे । अहिले मउवा संघको आन्दोलन फिर्ता भएको छ तर ‘ नो पार्किङ’ भने लागु गरिएकै अवस्था छ ।
आखिर बैठकमा के छलफल भएको थियो ? ‘छलफलमानै नभएको कुरा मउवा संघका कार्यकारी अध्यक्ष न्यौपानेले भएको हो भन्दै झुटो सुचना फैलाए वा मेयरले भएको निर्णय पनि नभएको भन्दै दाबी गरे’ । यस विषयमा चर्चा सुरु भएको छ ।
“यदि नो पार्किङ स्वीकार्ने हो भने, मउवा संघले यत्तीका दिन व्यवसायीलाई किन झुलाएको ? होईन भने आन्दोलनको माग अनुसारको कुनै निर्णय नै नभई किन आन्दोलन फिर्ता लिएको ” व्यवसायीहरु गुनासो गर्न थालेका छन् ।

नाम नबताउने सर्तमा एक व्यवसायीले भने “ हिजो २५ मिटर सडक विस्तारकै क्रममा पनि हामी सरासर पसल अन्तै साथ्र्यौ सडकपनि विस्तार हुन्थ्यो । त्यस बेला पनि मउवा संघले नै व्यवसायीलाई खोक्रो आड दिएर सडक विस्तार विरुद्ध आन्दोलन गरायो । अहिले फेरी ‘नो पार्किङ’ को विरोधमा व्यवसायी केहि दिन नचायो अनि अन्तमा आन्दोलन फिर्ता लियो । ”

व्यवसायी सर्वसाधारण सबैमा यस विषयमा जिज्ञासा बढ्न थालेको छ । के मउवा संघले व्यवसायीलाई झुक्याएकै हो त ? चासोको विषय बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*