३ नम्बर प्रदेशको प्रदेशसभा बैठक आज बस्ने
मकवानपुर २८ साउन । साउन ४ गतेबाट स्थगित भएको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक आज पुन सुचारु हुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण बैठक स्थगित भएको थियो ।
बैठकबाट ४ वटा विद्येयक पेश गर्ने कार्यसूची राखिएको जानकारी छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार आजको बैठकमा मुख्य न्याधिवक्ताको सेवा सेवा सुविधा सम्बन्धी विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा बनेको विधेयक, प्रदेशस्तरीय दुग्ध विकास संस्थान सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेश हुनेछ ।
आजको बैठकमा प्रदेश प्रमुखबाट प्रमाणित भएको आर्थिक विधेयक, विनियोजन विधेयक र कर तथा गैरकर लगाउने सम्बन्धमा बनेको विधेयकको बारेमा पनि सभामुख श्रेष्ठले सभामा जानकारी गराउने कार्यसूचि रहेको छ ।
