हेटौंडाको हर्नामाणीमा ट्रक पल्टियो
मकवानपुर २८ साउन । हेटौंडाको हर्नामाणीमा ट्रक पल्टिएको छ । वडा नम्बर १८ स्थित हर्नामाणीको जंगलमा ट्रक पल्टिएको हो । जाली बोकेर पूर्वी मकवानपुर जाँदै गरेको ट्रक सडक कच्चि भएको कारण पल्टिएको स्थानीयहरुले अनुमान लगाएका छन् ।
ग ८ प ३७ नंबरको ट्रक पल्टिएको थियो । दुर्घटनामा परि ट्रकका चालक सामान्य घाइते भएका छन् ।
