फोनिजको स्थापना दिवसमा हेटौँडामा अन्तरक्रिया

तु खबर संवाददाता
२०७५ श्रावण २७, आईतवार १९:३१

हेटौँडा, २७ साउन । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १९ औँ स्थापना दिवसको अवसरमा आज हेटौँडामा अन्तरक्रिया कार्यक्रम भएको छ । फोनिजले उठाउनुपर्ने विषय र वर्तमान समयमा आदिवासी जनजाति पत्रकार तथा आदिवासी जनजातिका सवालमा फोनिजको दायित्वका बारेमा छलफल भएको हो ।

फोनिज मकवानपुरको आयोजनामा भएको कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगरको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष कृष्ण सारु मगर, प्रमुख अतिथि तिर्थबहादुर थापा मगरसहित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद अध्यक्ष जंगबहादुर गुरुङ, हेटौँडा वाःपौका मोहन साँगामी, फोनिज मकवानपुरका उपाध्यक्ष रुपा गुरुङ, सचिव नवराज वाईबा, सहसचिव रुपा गुरुङ, तामाङ पत्रकार संघ केन्द्रीय सदस्य शुभराज भोम्जन, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान, फोनिजका सदस्यहरु भुवन घलान, सन्देश थिङ लगायतले फोनिजको महत्व र भूमिकाका बारेमा मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*