तादि नदिमा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो

तु खबर संवाददाता
२०७५ श्रावण २७, आईतवार १४:२३
सांकेतिक तस्वीर

काठमाडौं २७ साउन । नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका ७ शिखरवेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक जनाको शव साउन २६ गते एपीएफ टोलीले निकालेको छ । साउन २४ गते शिखरबेशी स्थित तादि नदिमा पौडी खेल्ने क्रममा १८ वर्षिय राम पण्डित नदिमा डुवेर बेपत्ता भएका थिए ।

सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा काभ्रे नम्बर १५ गणबाट खोजी कार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोली शुक्रबार त्यसतर्फ खटिई गएको थियो ।

शनिबार बिहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रलाद सिलुवालको कमाण्डमा खटिएको गोताखोर टोलीले घटनास्थलमा खोजी गर्ने क्रममा नदिको खोचबाट करीव ३५ मिटर भित्रबाट निज पण्डितको शव दिउँसो करीव सवा ४ बजे बाहिर निकाल्न सफल भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*