प्रदेश सरकारको मुख ताक्दा ताक्दै हेटौंडामा बासुदेव सभागृहको बिजोक, हेउनपाको १ करोड कता गयो ?
मकवानपुर २७ साउन । निर्माण सुरु भएको १४ बर्ष बितिसक्दापनि सम्पन्न हुन नसकेको हेटौंडाको बाशुदेव सभागृहको बाँकी कामले अझैं केहि समय निरन्तरता नपाउने देखिएको छ ।
३ नम्बर प्रदेशको राजधानीको रुपमा हेटौंडालाई तोकिएसंगै प्रदेश सभाको रुपमा प्रयोग गरिने चर्चा केहि समय बजारमा चलेकै हो । सोहि चर्चासंगै हेटौंडा उपमहानगरपालिकाले पनि प्रदेश सरकारलेनै निर्माण गर्छ भन्दै हात झिकेपछि सभाहल कुरुप देखिन थालेको छ । यसको संरक्षण र बाँकी निर्माण अब के हुन्छ मकवानपुरेहरुले चासो व्यक्त गर्न थालेका छन् । अझै अलपत्र अवस्थामानै रहने हो कि भन्ने आँशका पनि उब्जीन थालेको छ ।
भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भएपनि अन्य पुर्वधारको व्यवस्था नहुँदा बासुदेव सभागृह नाम मात्रैको सभागृह बनेको छ । हेटौंडामा प्रदेश सरकारको संरचना व्यवस्थापनको क्रममा निर्माणाधिन सभाहललाई प्रदेश सभाहलको रुपमा प्रयोग गरिने चर्चा चलाएपछि हेटौंडा उपमहानगरले छुट्टाएको १ करोड रुपैंया पनि खर्च हुन पाएन । प्रदेश सरकारले प्रदेश सभाहलको रुपमा प्रयोग गर्ने चर्चा चलेपछि हामीले गतवर्ष सामान्य मर्मत र केहि सामान्य काम मात्रै गरेर छोडेका हौं । हामीले छुट्याएको पुरै बजेट पनि खर्च गर्न सकेनौं हेटौंडा उपमहानगरपालिकाका सुचना अधिकारी शंखर उपाध्यायले भने ।
आजको साझाकुरा दैनिकले बासुदेव सभागृहको विषयमा समाचार छापेको छ ।
