मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यू

तु खबर संवाददाता
२०७५ श्रावण २७, आईतवार १०:४०
File Photo

मकवानपुर, २७ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ५ सुपिङमा घाँस काट्न गएका एक वृद्धको लडेर ज्यान गएको छ ।

भिरबाट लडेर वडा नम्बर ५ सुपिङका ६० वर्षिय गोपालप्रसाद पुडासैनीको ज्यान गएको हो । शनिबार बिहान घाँस काट्न गएको बेला भीरबाट लडेर पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनको शव पोष्टपार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*