मकवानपुरमा बिहानै फेला पर्यो १ सय १३ केजी गाँजा, एक जना परे पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २७, आईतवार १०:११

मकवानपुर, २७ साउन । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित बजारबाट आज एकाबिहानै ठूलो परिमाण्मा अबैध लागुऔँषध गाँजा प्रहरीले बरामद गरेको छ । गाँजासँगै एक सवारी चालक समेत पक्राउ परेको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीले कार्यालय अगाडि रहेको चेक पोष्टमा गाडी जाँचको क्रममा लुकाइछिपाइ गाडीमा लोड गरी ल्याइएको अबस्थामा १ सय १३ किलोग्राम अबैध लागु औषध गाँजा फेला पारेको हो । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख २९३ नम्बर को ट्रकलाई जाँचको क्रममा उक्त परिमाणको अबैध गाँजा फेला परेको हो । गाँजा सहित ट्रकका चालक चितवनको राप्ति नगरपालिका वडा नम्बर ४ बस्ने ४१ वर्षिय बिष्णुभक्त श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाँजा कसको भनेर नखुलेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*