मकवानपुरबाट १० जना जुवाडे पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २७, आईतवार ०९:४५
File Photo

मकवानपुर, २७ साउन । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारबाट १० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले २ लाख रुपैँयासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले त्यहाँस्थित सयपत्री होटलमा तास खेलिरहेको सूचनाको आधारमा उनीहरुलाई २ लाख २७ हजार ८ सय १५ रुपैँयासहित पक्राउ गरेको हो । पक्राउ परेकालाई कानून अनुसार कारवाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*