मकवानपुर बक्सिङ संघलाई ४० हजारको खेल सामाग्री

तु खबर संवाददाता
२०७५ श्रावण २६, शनिबार १७:०९

हेटौँडा, २६ साउन । मकवानपुर बक्सिङ संघलाई ४० हजार बराबरको खेल सामाग्री सहयोग प्राप्त भएको छ । संघलाई भ्याली कोल्ड स्टोर्स बालाजु,काठमाडौले खेल सामाग्री सहयोग गरेको हो ।

सशस्त्र प्रहरीका किरण थापा, सशस्त्रका बक्सिङ खेलाडी अनिल दाहाल र पूर्णबहादुर लामाले बक्सिङ संघका लाला पौडेललाई खेल सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना, प्रमुख राजन दाहाल खुशराज लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*