हेटौँडामा मउवा संघ माईकिङ गर्दै चाबी माग्दै, पसल बन्द, कसले सुन्ला सूचना ?

तु खबर संवाददाता
२०७५ श्रावण २६, शनिबार १६:४६

हेटौँडा, २६ साउन । हेटौँडा बजारको मुख्य क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत हेटौँडा उपमहानगरपालिकाले नो पार्किङ घोषणा गरेपछि विरोधमा उत्रिएका हेटौँडाका व्यवसायीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले शनिबार बिहानैबाट माईकिङ गरेर चाबी बुझाउन आग्रह गरेको छ ।

उपमहानगरले बिना विकल्प पार्किङ निषेध गरेको विरोधमा आन्दोलनरत व्यवसायीहरुसँग आईतबार चाबी उठाउन आउने सुचना फुक्दै मउवा संघले खटाएको मयुरी बजार–बजारमा कुदिरहेको छ । तर व्यवसायीहरु भने पसल बन्द गरेर घरमै मस्त छन् । यस्तो अवस्थामा सूचना व्यवसायीले सुन्लान् भन्ने कुरामा समेत शंका छ ।

बाटो बढाउन पनि नदिने र बाटो साँघुरो भएर पार्किङ व्यवस्थापन गर्न खोज्दा पनि नदिने अव्यवहारिक व्यवहार देखाएको आरोप खेपिरहेका व्यवसायीहरु समेत मउवा संघको विरोधमा दुईतर्फि भएका छन् । एक पक्षका व्यवसायीहरुले निर्वाध रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन् भने एक पक्षले भने विरोधलाई समर्थन जनाउँदै पसल बन्द गरेका छन् ।

नो पार्किङको विरुद्धमा व्यवसायीहरुको आन्दोलनको अगुवाई गरिरहेको मकवानपुर व्यवसायी संघले सोमबारसम्म तय गरेको आन्दोलनको कार्यक्रम अनुसार सोमबार दिउँसो २ बजे हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ताला चाबी लगेर जिम्मा लाउने कार्यक्रम तय भएको हो ।
३ दिनसम्म बजार बन्द गरेर दबाब दिंदा पनि मेयरले नो पार्किङ हटाउन पहल नगरेपछि बाध्य भएर व्यवसायीको पसलको चाबी संकलन गरेर बुझाउने निर्णय गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*