हेटौँडामा बालगृहलाई खाद्यान्न सहयोग
हेटौँडा, २६ साउन । नेपाल औँषधि व्यवसायी संघ मकवानपुरले हेटौँडामा सञ्चालित एक बालगृहलाई शनिबार खाद्यान्न सहयोग गरेको छ । हेटौंडा–५ मा रहेको ग्रामिण जीवनस्तर सुधार मञ्चद्वारा सञ्चालित बालगृह ‘हाम्रो घर’ लाई खाद्यान्न सामग्री सहयोग गरिएको हो ।
संघले बाल गृहलाई ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको संघका अध्यक्ष सुधीर दाहालले जानकारी दिएका छन् । कार्यक्रममा बालगृहका सल्लाहकार सिताराम बर्तौला, बाल गृह सञ्चालिका इन्दिरा न्यौपाने, संघका महासचिव नारायणलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

