मकवानपुरमा ४ उद्योगका प्रशोधित पानी दुषित भएको प्रमाणित, मन्त्रीले दिए बन्द गर्ने चेतावनी

तु खबर संवाददाता
२०७५ श्रावण २६, शनिबार ०९:५१

हेटौँडा, २६ साउन । मकवानपुरका विभिन्न स्थानमा सञ्चालित ४ वटा पानी प्रशोधन कम्पनीहरुले उत्पादन गरेको पानी दुषित भएको प्रमाणित भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार मकवानपुरका शुभ बेभरेज, नेचुरल बेभरेज, अमर पानी, मकवानपुर बेभरेजबाट प्रशोधित पानी दुषित रहेको भेटिइएको छ ।

विभागले नेपालभरिका विभिन्न ४१ उद्योगबाट प्रशोधित बोत्तल तथा जारको पानी पिउन अयोग्य रहेको ठहर गर्दै मुद्दा समेत दायर गरेको छ । तिमध्ये केही उद्योगको पानी त दुषित नै रहेको विभागले जनाएको छ । विभागका अनुसार विभिन्न क्षेत्रबाट गत आर्थिक वर्षमा संकलित नमुना परीक्षण गर्दा ४१ उद्योगबाट प्रशोधित जार तथा बोत्तलको पानी पिउन अयोग्य पाइएको हो । मुद्दा दायर भएकामध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संचालित प्रशोधित पानी उद्योग छन् ।

दुषित देखिएका पानीमा लेउ लागेको, किरा भेटिएको, रौं परेको, नदेखिने प्लास्टिकका टुक्रा भेटिएको, गन्हाएको, कमिला परेको लगायतका गुनासोहरु समेत मकवानपुरवासीले गर्न थालेका छन् ।

यसै सम्बन्धमा कृषि तथा पशुपंँक्षी मन्त्री चक्रपाणि खनालले दुषित पानी उत्पादन गर्ने उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । राजधानीमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री खनालले दुषित पानी उत्पादन गर्ने सबै उद्योग बन्द गर्ने बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*