धर्म परिवर्तन गराउने विदेशीलाई ५ वर्ष जेल र देश निकाला, स्वदेशीलाई ५ वर्ष जेल र ५० हजार जरिवाना
हेटौँडा, २६ साउन । नेपालमा कुनै विदेशी नागरिक धर्म परिवर्तन गराउने कार्यमा संलग्न भए ५ वर्ष जेल सजाय गर्ने र त्यसको सात दिनभित्र देश निकाला गरिने कानुनमा व्यवस्था छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
त्यस्तै धर्म परिवर्तन गराउने नेपालीको हकमा ५ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरिने उल्लेख छ । त्यसमा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति, सम्प्रदाय, वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन नहुने र त्यसरी आघात पुर्याउने व्यक्तिलाई १ वर्षसम्म कैद र २० हजार रूपैयाँ जरिवाना हुने व्यवस्था छ ।
