काठमाडौंमा बेवारीसे शव फेला
काठमाडौं,२५ साउन । काठमाडौं महानगरपालिका २० रामघाटस्थित बिष्णुमती खोलामा वेवारीसे शव फेला परेको छ । अंदाजी २ वर्षीया बालिका बिहीबार खोलाले बगाई ल्याएको अवस्थामा मृत फेला परेकी हुन् ।
त्यसैगरी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ९ ज्यामिरे बस्ने ४२ वर्षीया सरस्वती खड्का बुधबार सोही नगरपालिका १ राकाथोकस्थित माइतीघर आएकीमा सुतेकै स्थानमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुवै घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
