हेटौँडेली गायिका प्रतिमा अर्यालको तिजको गीत सार्वजनिक

तु खबर संवाददाता
२०७५ श्रावण २५, शुक्रबार १३:४६

हेटौँडा, २५ साउन । हेटौँडेली लोक गायिका प्रतिमा अर्यालको आवाज रहेको ‘मेरो छोरो होईन भन्छे’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

युट्युबमा ट्रेण्डिङमा पर्न सफल गीतमा नवराज पाण्डेको शब्द संगीत र नवराज पाण्डे, प्रतिमा अर्याल तथा पुनम सुनारको आवाज रहेको छ । गीतको म्यूजिक भिडियोमा सविता गुरुङ, सरस्वती फुयाँल, प्रिया कँडेल, राज न्यौपाने, निशान पाण्डे र स्मृति पाण्डेको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई दुर्गा पौडेलले छायाँकन तथा निर्देशन गरेका हुन् ।
हेर्नुहोस् भिडियो–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*