आरोपीलाई सफाइ, तर पीडितलाई १२ लाख क्षतिपूर्ति दिलाउन अनौठो आदेश
काठमाडौं २५ साउन । ५ चैत ०७४ मा जबर्जस्ती बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक पत्रकारलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजनारायण पौडेलको इजलासले सफाइ दिएको छ । आफ्नै घरमा काम गर्ने बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको भन्दै ४ असार ०७४ मा बलात्कार मुद्दा दर्ता भएको थियो ।
अदालतले प्रमाण पुगेन भनेर सफाइ दियो । तर, पीडित बालिकालाई भने क्षतिपूर्तिबापत १० लाख भराउन आरोपीलाई नै आदेश दियो ।
आजको नयाँ पत्रिकामा समाचार छ ।
