सप्तरीमा बोल्न नसक्ने बालिका बलात्कृत , उच्च अदालतले आदेश उल्ट्यायो

तु खबर संवाददाता
२०७५ श्रावण २५, शुक्रबार ०९:४८

काठमाडौं २५ साउन । एक बर्षअघि छिमेकीको घरमा टिभी हेर्न गएको बेला सप्तरीको रुपनी गाउँपालिका २ की ११ बर्षिया अपाँग दलित बालिका स्थानीय देवनारायण यादवबाट बलात्कृत भईन् । पीडित परिवारले यादव विरुद्ध जिल्ला अदालत सप्तरीमा मुद्धा दायर गरे ।

न्यायाधीश रोशन गजुरेलको इजलासले प्राप्त सबुत पमाणका आधारमा यादवलाई कसुरदार भन्न नमिल्ने नदेखिएको भन्दै पुर्पक्षका लागि कारागारमा राखन आदेश दियो । तर चार महिना नबित्दै उच्च अदालत राजविराजले जिल्ला अदालतको आदेश उल्ट्यायो । न्यायाधीश द्धय राकेशकुमार निधि र नसरुल्लाह अन्सारीको संयुक्त ईजलासले जबस्र्जस्ती करणी गरेको स्पक्ष्ट घाउ नदेखिएको भन्दै आरोपी यादवलाई साधारण तारेखमा रिहा गर्न आदेश दियो ।

यो आदेशपछि आरोपी खेलेआम घुम्न थाले । पीडित परिवार थप पीडामा त्यतिबेला पर्यो जब यादवको परिवारले ५० हजार दिएर मिलापत्र गर्न दिएपछि परिवार तनावमा ।
आजको नयाँ पत्रिकामा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*