आगलागीबाट लाखौंको क्षती

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १६:४९
फाइल फोटो

काठमाडौं २४ साउन । रुपन्देही देवदह नगरपालिका ३ सेमरास्थित प्रदिवकुमार सारुको होटलमा ग्याँस लिक भई बुधबार आगलागी भएको छ । आगलागीका कारण नगद ७ हजार रुपैयाँ, फ्रिज, टि भि , मिक्चर, फर्निचर लगायतका सामानहरु जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाकारी दिएको छ ।

सुनसरी ईनरुवा नगरपालिका २ स्थित रामअवतार साहको कच्ची घरमा बुधबार आगलागी हुँदा करीव ४ लाख रुपैयाँ बराबरको कस्मेटिक सामानहरु जलेर क्षति भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा स्थानीय प्रहरीले आगो नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*