अवैध कस्तुरीको बीना ओसार पसारमा सम्लग्न ४ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १६:०८

काठमाडौं २४ साउन । संरक्षित बन्यजन्तु कस्तुरीको बिना अवैध रुपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा ४ जनालाई ३ थान बिनासहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछाप बेथान घर भएका १७ वर्षीय उज्वल पाण्डे र सल्यान कालागाउँ घर भई काठमाडौं चाहबिल बस्ने २२ वर्षीय जिबन बस्नेत रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

उनीहरुमध्येका अर्पण सुनुवारले झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा उक्त कस्तुरीको बिनासहित प्रहरीले पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*