जिल्ला युवा समितिद्वारा मकवानपुरका सिडिओ तामाङलाई स्वागत
हेटौँडा, २४ साउन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङलाई जिल्ला युवा समिति मकवानपुरले स्वागत गरेको छ । आज समितिका अध्यक्ष सन्तोष चौँलागाईसहितको टोलीले प्रजिअ तामाङलाई बुद्धको आकृति अंकित मायाको चिनो सहित स्वागत गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तामाङले युवाहरुसँग मिलेर मकवानपुरमा राम्रो कार्यको थालनी गर्ने बताएका छन् । अध्यक्ष चौँलागाईबाट मायाको चिनो ग्रहण गर्दै उनले युवाहरुलाई शशक्त ढङ्गबाट परिचालन गर्ने बताए । उनले यही साउन २७ गते परेको अन्तराष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समिति मकवानपुरको आयोजनामा युवाहरुका हरेक सवालहरुलाई समेट्नका लागि सरकोकारवाला पक्षलाई घच्घच्याउने उदेश्यले गर्न थालिएको अन्तरक्रिया कार्यक्रममा समेत सहयोग गर्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी तामाङलाई स्वागत गरेपछि तु खबरसँग कुराकानी गर्दै चौँलागाईले मकवानपुरे युवाले हरेक सही कार्य सम्पादनका लागि प्रजिअ अधिकारीलाई सहयोग गर्ने बताएका छन् । सिन्धुपाल्चोक जिल्लामा सरहानीय कार्य गरेर मकवानपुरमा आएका तामाङले मकवानपुरमा सकरात्मक कार्यहरु गर्ने अपेक्षा समेत लिइएको छ ।
