नेकपा मकवानपुरको अध्यक्षमा पोखरेल कि लम्साल ?
मकवानपुर २४ साउन । तत्कालिन नेकपा एमाले मकवानपुरको कार्यदल बैठक अहिले जारी छ । बैठकबाट नेकपा मकवानपुरको अध्यक्षको नाम टुङगीने एमाले स्रोतको जानकारी छ । बैठकमा एमालेका नेताहरु श्रीधर पोखरेल र बद्री लम्सालको विषयमा छलफल भईरहेको छ ।
चर्चामा थुप्रैको नाम रहेतापनि बैठकमा भने पोखरेल र लम्सालको विषयमा छलफल भईरहेको एमालेका एक नेताले तु खबरलाई जानकारी दिएका छन् ।
बैठकमा लम्साल र पोखरेलको विषय प्रश्ताव भएपछि कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा छलफल भईरहेको बैठकमा सम्मिलित एक नेताले जानकारी दिए ।
केहि नेताहरु साँसद रहेको र बाँकी चर्चामा रहेका मध्ये जनआन्दोलन देखिनै पार्टीमा योगदान दिएका र हालसम्म पनि कार्यकारी पदमा रहेर अवसर गर्ने मौका नपाएका पोखरेलको र संभावना बलियो रहेको स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी नेकपा मकवानपुरको दोस्रो बरियताको नेतामा तत्कालिन माओवादी केन्द्रले छलफल बाट टुङग्याउने लगभग पक्का भएको छ । माओवादी केन्द्रको कार्यदल बैठक केहि दिनमानै बस्ने समेत माओवादी केन्द्रको जानकारी छ ।
भदौ ५ गतेसम्म जिल्ला तहमा एकता गर्ने केन्द्रिय निर्देशन भए अनुसार जिल्लामा एकता पश्चात जिम्मा पाउने नेताको नाम साउन २५ भित्रनै कार्यदलमा पठाउनुपर्ने छ ।
