हेटौंडामा मेडिकल पसल बाहेक सबै पसल बन्द

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १३:०३

मकवानपुर २४ साउन । नो पार्किङको विरोधमा हेटौंडाका मेडिकल बाहेकका पसलहरु व्यवसायीहरुले बन्द गरेका छन् । प्रशान र प्रहरीसहितको टोली संलग्न बैठकले मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेसँगै त्यसको विरोधमा व्यवसायीले मुख्य बजारमा रहेका आफ्ना पसलहरु बन्द गरेका हुन् ।
अहिले बजारका केहि मेडिकलहरुमात्र खुलेका छन् बाँकी अधिकाँश पसलहरु बन्द छन् । बजारका पसलहरु बन्द भएपछि सर्वसाधारणहरुको चहलपहल पातलो देखिएको छ । ।

बैठकको निर्णय अनुसार हिजोबाट राप्तिरोड, मेनरोड, पिपलबोट लगायतका क्षेत्रमा पार्किङ निषेध गरिए पछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*