अवैध रुपमा खाडी मुलुक जान खोजेका महिलाहरुलाई फर्काइयो
बाँके २४ साउन । अवैध रूपमा खाडी मुलुक जान खाजेका १६ जना नेपाली महिलाहरुलाई भारतको नयाँ दिल्लीबाट फर्काइएको छ । भारत हुँदै तेस्रो मुलुक जान लागेका उनीहरुलाई राजदुतावासको समन्वयमा भारतीय महिला आयोग बनारस प्रहरी तथा रेस्क्यू फाउण्डेशनको सहयोगमा फर्काइएको हो ।
खाडी मुलुक जान लागेका ती महिलालाई नयाँ दिल्लीको मैदानगढी क्षेत्रका होटलमा छापा मारेर उद्धार गरिएको थियो ।
मध्यपश्चिम क्षेत्रमा घर भएका महिलालाई नेपालगञ्जमा राखिएको छ भने अन्य जिल्लामा घर भएकालाई नजिकको माइती नेपालका सेल्टरमा राखिएको छ ।
