आज ‘मिस्टर भर्जिन’ यूनिट हेटौँडामा आउने

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १०:३०

हेटौँडा, २४ साउन । नेपाली चलचित्र ‘मिस्टर भर्जिन’ को टोली चलचित्र प्रचार प्रसारका क्रममा हेटौँडामा आउने भएका छन् । पत्रकार सम्मेलनमा कलाकार कमलमणि नेपाल, गौरव पहारी, मरिष्का पोखरेल लगायतको उपस्थिती रहनेछ बताइएको छ ।

आज हेटौँडाको नोबल होटलमा दिउँसो साढे एक बजे पत्रकार सम्मेलन हुने बताइएको छ । भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा गौरव पहारी, मरिस्का पोखरेल, बिजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा लगायतको अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*