समयमा पानी नपर्दा तेह्रथुममा २२ प्रतिशत रोपाई बाँकी

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १०:२५
file photo

तेह्रथुम २४ साउन । समयमा पानी नपरेका कारण तेह्रथुममा खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत रोपाइँ सकिएको र २२ प्रतिशत रोपाइँ अझै बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको अनुमान गरिएको कार्यालयको जानकारी छ ।

आकाशे पानीको भरमा रोपाइँ गर्नुपरेका कारण रोपाइँ ढिला भएको कृषि प्राविधिक बताउँछन् । विशेषगरी तल्लो औलक्षेत्रका खेत र बेँसीमा पानी नपर्दा रोपाइँ हुन कठिन भएको उक्त कार्यालयका वागवानी विकास अधिकृत राजीव कुमारले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*