आज विश्व आदिवासी दिवस, हेटौँडामा र्यालीसहित कार्यक्रम हुँदै

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १०:१२

हेटौँडा, २४ साउन । आज अगष्ट ९ अर्थात विश्व आदिवासी जनजाति दिवस । विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन ‘विश्व आदिवासी दिवस’ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईदै आईरहेका छन् । यस अवसरमा मकवानपुरमा समेत मंगलबारदेखि नै ३ दिवशीय कार्यक्रम भइरहेको छ ।

आज परेको २४ औँ विश्व आदिवासी दिवसका अवसरमा ‘अधिकार, प्रतिनिधित्व र स्वायत्तता÷स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारा सहित नेपाल आदिवासी जनजाति महासंघ, ३ नं. (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरको व्यवस्थापनमा ३ दिने कार्यक्रम भएको हो ।
कार्यक्रम अन्तर्गत आज बिहान साढे १० बजे विभिन्न आदिवासी जनजातीय साँस्कृतिक झाँकीसहित ¥याली गर्दै पल्पसा हलमा साँस्कृतिक समारोह हुने बताइएको छ । उक्त समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद, आदिवासी जनजाति अधिकारका अभियन्ताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै विभिन्न जातीय समुदायको साँस्कृतिक कार्यक्रम र झाँकीहरु प्रस्तुत गरिने समेत बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*