“नो पार्किङ”को विरोधमा आज पनि हेटौंडा बजार बन्द

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १०:०३

मकवानपुर २४ साउन । मकवानपुरको हेटौंडा बजारमा पर्ने राजमार्ग क्षेत्रमा बुधबारबाट “नो पार्किङ” सुरु गरिएपछि हेटोंडाका व्यवसायीहरुले आजपनि पसल बन्द गरेर विरोध जनाएका छन् ।

करिब डेढ महिना अघिबाट सुरु भएको “नो पार्किङ” को विषय विबादका कारण रोकिएकोमा बुधबारबाट फेरी सुरु भएको थियो । राजमार्गमानै पर्ने मुख्यबजार क्षेत्रहरु राप्तिरोड, मेनरोड, पिपलबोट क्षेत्रमा हिजोबाट “नो पार्किङ” भएको हो ।

नो पार्किङको बिरोधमा ब्यवसायीहरुले बजार बन्द गरेका छन् । स्थानीय प्रशासनले अब्यवहारिक निर्णय गरेको भन्दै उनिहरुले बजार बन्द गरेका हुन् । ब्यवसायीहरुले आज ११ बजेबाट आन्दोलनको कार्यक्रम गर्ने समेत जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*