‘नो पार्किङ’को बिरोधमा आज हेटौँडा बजार बन्द

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार ०९:५९

मकवानपुर, २४ साउन । प्रशान र प्रहरीसहितको टोली संलग्न बैठकले मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेसँगै हेटौँडाका व्यवसायीले मुख्य बजारमा रहेका आफ्ना पसलहरु बन्द गरेका छन् ।

बैठकको निर्णय अनुसार हिजोबाट राप्तिरोड, मेनरोड, पिपलबोट लगायतका क्षेत्रमा पार्किङ निषेध गरिए पछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रशासनले भने पिपलबोट क्षेत्रमा किनमेल गर्न जानेहरुले चौकिटोल ओरालोको खाली भाग, मेनरोडमा जानेले फरेस्ट्री क्याम्पसको क्षेत्र तथा राप्तिरोडमा जानेले जिल्ला प्रहरी कार्यालय अघिको खाली भागमा पार्किङको व्यवस्था गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*