हेटौंडाको पत्रिकामा आज : ओम्याक्समा आगलागीदेखि हेटौंडाका पसल बन्दसम्म

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार ०७:३८
तस्बिर–दिलबहादुर लामा

६ महिनाको काम सन्तोषजनक

मकवानपुर । प्रदेश ३ को मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारले ६ महिनाको अवधिमा गरेको कामबाट पूर्ण सन्तोष हुने अवस्था नरहेको निश्कर्ष निकालेको हो ।

बुधबार मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले हालसम्मको कामको समीक्षा गर्दै काम सन्तोषजनक रहेको समीक्षा गरेको आजको हेटौंडा सन्देश दैनिकमा खबर छ ।
यो अवधिमा भएका काम सन्तोषजनक छन्, कामको गति ठिक छ, मूख्यमन्त्री डोरमणि पौडेलले भने ।

विरोधमा दिनभर पसल बन्द

आजको हेटौंडा सन्देश दैनिक मा प्रकाशित समाचार अनुसार, हेटौंडा उपमहानगरपालिकाले लागु गरेको बजार क्षेत्रमा नो पार्किङको विरोधमा व्यवसायीले पसल बन्द गरेका छन् । नगरपालिकाको उक्त निर्णयको विरोधमा व्यवसायीले हेटौंडाका पसलहरु बन्द गरेर विरोध जनाएका हुन् ।

यसैबीच, हेटौंडाको मुख्य बजार क्षेत्रको सवारी पार्किङ प्रहरीले हटाएको छ । राप्ती रोड, लोकप्रिय होटलदेखि फरेष्ट्रीसम्म सडकमा गरिएको पार्किङ प्रहरीले हटाइको हो । सवारी अस्तव्यस्त भएका कारण मूख्य बजारमा सवारी जाम बढ्न थालेपछि त्यसलाई व्यवस्थित गर्न पार्किङ हटाइएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले दावी गरेको समाचार छ ।

थाहा नगरमा वसपार्क बनाउने तयारी
मकवानपुरको थाहा नगरपालिकामा बसपार्क बन्ने भएको छ । यसका लागि आवश्यक तयारीमा नगरपालिका जुटेको छ । ४२ रोपनी जग्गामा सुविधा सम्पन्न थाहा बसपार्क बनाउन लागिएको मेयर लवशेर विष्टले बताएको समाचार हेटौंडा सन्देश दैनिक मा छ ।

तीन करोडको सिनेमा हल ध्वस्त

उपत्यका बाहिर हेटौंडामा निर्मित पहिलो वातानुकुलित सुविधासम्पन्न सिनेमा हल ओम्याक्समा आगलागी हुँदा करोडौँको भौतीक संरचना नष्ट भएको समाचार मूख्य समाचारको रुपमा प्रकाशित छ ।

करीव ३ करोडको लागतमा निर्माण गरिएको ओम्याक्स सिनेमा हलमा हिजो लागलागी हुँदा क्षति भएको हो । बिहान करिव साढे ९ बजे पर्दाको भागबाट सुरु भएको आगो सबैतिर फैलिएको थियो । हेटौंडामा एकमात्र दमकल रहेकाले क्षति कम गर्न नसकिएको सम्बन्धित निकायको भनाइ रहेको छ ।

 

नो पार्किङले अस्तव्यस्त हेटौंडा

आजको साझा कुरा दैनिकले पनि नो पार्किङका कारण हेटौंडा अस्तव्यस्त बनेको समाचारलाई पहिलो समाचार बनाएको छ । नो पार्किङको विषयलाई लिएर हेटौंडाका बजार दिनभर वन्द रहेको समाचार साझा कुरामा छ ।

हेटौंडा उपमहानगरले बल प्रयोग गरेर हेटौंडा बजार क्षेत्रलाई पूर्ण रुपमा नो पार्किङ कायम गराउने अभियान थालेसँगै बजार अस्तव्यस्त भएको हो ।
त्यसैगरी मेयर हरिबहादुर महतले प्रतिवेदनको वेवास्ता गरेको समाचार पनि छापिएको छ । पार्किङ समस्या समाधानका लागि भन्दापनि बल प्रयोग गरेकोमा मकवानपुर उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।

पुर्ननिर्माणको सूचना माग

जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले भुकम्पबाट क्षति भएको मकवानपुर जिल्लाका सामुदायिक विद्यालयहरुलाई पुर्ननिर्माणको प्रस्ताव पेश गर्न सूचना जारी गरेको समाचार छ, आजको साझा कुरा दैनिकमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*