प्रमोद खरेलको मर्मस्पर्शी गीतको भिडियो सार्बजनिक

तु खबर संवाददाता
२०७५ श्रावण २३, बुधबार १६:०७

इटहरी २३ साउन । नेपालि सुगम संगीतका चर्चित गायक तथा द भ्वाईस अफ नेपालका निर्णायक प्रमोद खरेलको आवाजमा रहेको एक निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कोशी पुर्वको ईटहरि र मोरंगको बृन्दाबन गौशालाको रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ । ‘पैले माया’ बोलको गीतलाई गीतकार सालिक ओली क्षेत्रीले लेखेका हुन् । गीतलाइ रमेश श्रेष्ठले संगीत गरेका हुन् भने सन्दिप कार्कीले एरेन्ज गरेका छन् ।

उक्त गीतको भिडियोमा रोहित घिमिरे, पुजा दाहाल र बिनोद घिमिरेले अभिनय गरेका छन् । रोहितको अभिनयमा यो दोश्रो म्युजिक भिडियो हो भने बिनोद र पुजा यसै भिडियो मार्फत भिडियो मोडलिङ्गमा प्रवेश गरेका छन् । गीतकार समेत रहेका रोहितले यसअघि प्रमोद खरेलको आवाजमा आफ्नै सब्द राखेर ‘संगै जिउने मर्ने कसम’ बोलको गीतको भिडियोमा समेत आफैले अभिनय गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*