अपडेट–दमकलले पनि नियन्त्रणमा लिन सकेन ओम्याक्स हलको आगलागी, झन दन्कियो आगो
हेटौँडा, २३ साउन । हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा एक्कासी आगलागी भएपछि अहिले हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर घटनास्थलमा पुगेका पत्रकार दिलबहादुर लामाका अनुसार आगलागी झनै भिषण भएको छ ।
आगलागी नियन्त्रण गर्न आइपुगेको दमकलको समेत पानी सकिएपछि पुन पानी लिन दमकल पानी भएको स्थलतर्फ गएको छ । हलको भित्रबाट सुरु भएको आलागी अहिले झनै बाहिर सम्मै आईपुगेको छ । आगलागीको वास्तविक कारण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाईरिङ गरिएको अवस्थामा आगलागी भएको हो ।
करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको मकवानपुर प्रहरीले पनि जनाएको छ ।
