३ नम्बर प्रदेशको नाम : ‘नेवा तामासालिङ’

तु खबर संवाददाता
२०७५ श्रावण २३,बुधबार ०८:४९

मकवानपुर २३ साउन । ३ नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्न माग गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नम्बर तदर्थ समन्वय परिषद्ले यसबर्षको विश्व आदिवासी दिवस मनाउने क्रममा मंगलबार यस्तो माग गर्दै हेटौंडामा दबाबमुलक र्याली निकालेका हुन् ।

यस बर्षको विश्व आदिवासी दिवस मंगलबार, बुधबार र विहिबार गरी तीन दिन विभिध कार्यक्रम गरी मनाईँदै छ । सोहि क्रममा हेटौंडा बजारको बुद्धचोकमा दबाब सभा आयोजना गरी यसबर्षको विश्व आदीवासी दिवस सुरुवात गरिएको हो ।
यसबर्ष ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरिय कार्यक्रम गरी मनाईएको प्रदेश संयोजक काजिमान थिङले जानकारी दिए ।
आजको साझाकुरा राष्ट्रिय दैनिकमा समाचार छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*