बर्षा शुरुभएपछि मकवानपुरेलाई यस्तो पीडा
मकवानपुर २३ साउन । बर्षा शुरु भएपछि मकवानपुरका विभिन्न क्षेत्रमा पानीले वितन्डा मच्चाउने गरेको छ । बाडी पहिरोको जोखिम मकवानपुरमा पनि छ । हेटौंडाको कर्रा खोला तथा सामरी र कुखरेनी खोला मिसिएपछि पानीको बहाब निकै बढ्ने गर्दछ । ती सबैपानी मनहरीको राप्ती खोलासम्म पुग्दा खोलाले भयानक रुप लिन्छ ।
हेटौंडाको कुखरेनीमा बाढी आउँदा पुर्वी क्षेत्रमा पानी पर्यो भने सामरी भरिन्छ । उत्तरमा पानी पर्दा राप्तीमा बाढीले त्रासती मच्चाउँछ । साना ठुला खोला मिसिने राप्तीमा मकवानपुरको जुन क्षेत्रमा पानी पर्यो भने पनि बाढी आउने गर्दछ ।
मनहरीको राप्ती खोलामा त पानीको बहाब बढेपटि वारपार क्षितिज जस्तै देखिन्छ । स्थानीयहरुले आवश्यक सामान घरसम्म ट्याक्टरद्वार ओसार पसार गर्ने गरेका छन् तर आजभोली ट्याक्टर समेत खोलाको पानीमा निकैनै जोखिम मोलर गुड्ने गरेका छन् ।
त्यसैगरि पुर्वी मकवानपुरमा भारी बर्षाकै कारण खोलाले यात्रुबाहक बस नै बगाएको छ । लकना खोलाले ना ५ ख १८१६ नम्बरको बस बगाएको हो । पहाडि भेगका केहि स्थानहरुमा पहाडनै चर्किएका छन् । जसका कारण पहिरो जाने सम्भावना पनि उत्तीकै बढेको छ ।
आजको हेटौंडा सन्देश राष्ट्रिय दैनिकमा समाचार छ ।
