सुनसरीमा झरनामा डुबेर २ जना बेपत्ता
सुनसरी २२ साउन । रामधुनी नगरपालिका ३ बस्ने दिनेश खड्काकी ११ वर्षीया छोरी श्रृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का पानीमा डुवेर बेपत्ता भएका छन् ।
बेपत्ता भएको सोही स्थानमा रहेको झरनामा मंगलबार डुबेर बेपत्ता भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
बेपत्ता भएकाहरुको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
