घरको ढलानको फर्मा खोल्ने क्रममा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७५ श्रावण २२, मंगलवार १७:०८
सांकेतिक तस्वीर

धनुषा २२ साउन । बिदेह नगरपालिका ६ तिनकोरीयास्थित नयाँ बन्दै गरेको घरको सेफ्टी ट्याङ्कीको ढलानको फर्मा खोल्ने क्रममा बेहोस भएका जनकपुर उपमहानगरपालिका १५ रामपुर बस्ने ३५ वर्षीय दिनेश चौधरीको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

ट्याङ्कीभित्र बेहोस भएका उनलाई उद्धार गर्न जाँदा बिदेह नगरपालिका ७ बस्ने २८ वर्षीय फुलगेन मण्डल र २५ वर्षीय शुभनारायण दास समेत बेहोस भएपछि प्रहरी चौकी गिद्दाबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा तीनै जनाको उद्धार गरी उपचारको लागि जनकपुर अंचल अस्पताल पठाएकोमा चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*