बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
बाँके २२ साउन । नेपालगंजमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका २१ मोहनपुर बस्ने गुरु प्रसाद कोरीको १३ वर्षीय छोरा कम्लेस कोरीको मंगलबार सडक छेउमा रहेको बिद्युतको पोल ढलेर करेन्ट लागेर घटनास्थालमै मृत्यु भएको प्रहरी प्रधान कार्यलय नक्सालले जानकारी दिएको छ ।
घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
