भूकम्प प्रभावित गुम्बाविहार पुननिर्माणको गतिरोध अन्त्यकालागि हेटौँडामा अन्तरक्रिया

तु खबर संवाददाता
२०७५ श्रावण २२, मंगलवार १७:०६

हेटौँडा, २२ साउन । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ध्वस्त भएका गुम्बा बिहार तथा निजि आवास एबम धार्मिक मठ मन्दिर धर्मशाला लगायत ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको पुननिर्माणमा आएको गतिरोध अन्त्यका लागि आज हेटौँडामा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ ।

गुम्बा बिहार संरक्षण सघ, मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका निर्वाचित जनाप्रतिनिधिहरु लगायत विभिन्न सरोकारवाला व्यक्ति बुद्धिजिबीहरुबिच अन्तरक्रिया गरिएको संघका अध्यक्ष निरु थिङले जानकारी दिए । उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा संघका मकवानपुर जिल्ला अध्यक्ष निरु थिङले पुननिर्माण विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।

२९ जिल्लामा रहेका झण्डै १ हजार ३ सयभन्दा बढि गुम्बा विहारमा गएको २०७२ सालको भुकम्पले क्षति पुराएको र उक्त गुम्बा विहार निर्माण गर्नुपर्ने देखिएको छ । मकवानपुर लगायत अन्य जिल्लामा गरि १ हजारभन्दा बढी गुम्बा विहारहरु निर्माण गर्नुपर्ने कुरा कार्यपत्रमा उल्लेख छ । मकवानपुरमा १२४ वटा, सिन्धुपाल्चोकमा २०३, काभ्रेमा ११३, नुवाकोटमा ११३, गोरखामा ९६, दोलखामा ८७, धादिङमा ८५,रामेछापमा ८३, चितवनमा ५६, काठमाडौंमा २४, ललितपुरमा १६, भक्तपुरमा ३ वटा गुम्बाविहारमा क्षति पुगेको बताइएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश ३ भित्र पर्ने क्षतिग्रस्त गुम्बाविहार निर्माणमा सहजता ल्याउने बताए । आफ्नो कला संस्कृति, चाडपर्व अनुसार गुम्बाविहारको निर्माणमा प्रदेश सरकार लागिपर्ने मन्त्री जम्कट्टेलको भनाई छ ।

संघका अध्यक्ष थिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै प्रदेश सभा सदस्यहरु कुमारी मोक्तान, ओम घलान, प्रेमबहादुर पुलामी, पूर्व सांसद राजाराम स्याङ्तान, नेपाल आदिवासी जनाजाति महासंघ ३ न प्रदेशका संयोजक काजिमान थिङ तामाङ, तामाङ घेदुङका केन्द्रीय सदस्य सुनिल मोक्तान, तामाङ घेदुङका जिल्ला अध्यक्ष लिलाकुमार घलान, जनजाति महासँघ मकवानपुरका पुर्बअध्यक्ष बुद्ध लामा, नेपाल गुम्बा बिहार महसँघका केन्द्रिय महासचिव रामेश्वर ढकाल लगायत स्थानीय तहका जनप्रतिनिधि जिल्ला भरीका गुम्बाको प्रतिनिधि लामा गुरुहरु सहभागी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*