भन्सार छलि गरिएको सुन सहित सुनसरीका फैयाज आलम पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २२, मंगलवार १६:५०
File Photo

काठमाडौं, २२ साउन । प्रहरीले अवैध रुपमा तस्करी गरेको करीब ४ सय ५७ ग्राम सुन सहित काठमाडौं एयरपोर्ट नजिक बस्ने सुनसरी भोक्राहा नरसिंह गाउँपालिका २ का २८ वर्षीय फैयाज आलमलाई पक्राउ गरेको छ ।

बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका व्यक्तिहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलि सुनका गहना तस्करी गर्ने कार्यमा संलग्न फैयाजलाई काठमाडौं महानगरपालिका ९ एयरपोर्ट गोल्डेनगेटबाट उक्त सुन सहित प्रहरीले पक्राउ गरेको हो ।

फैयाजलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*