हेटौँडाबाट सभामुख श्रेष्ठको उद्घोष–‘१३ वटा ऐन बन्यो, हतार नगरौँ अरु पनि बन्छ’

तु खबर संवाददाता
२०७५ श्रावण २२,मंगलवार १४:३९

हेटौँडा, २२ साउन । प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ मा आवश्यक भएका १ सय ९९ ऐनमध्ये १३ वटा मात्र ऐन निर्माण भएको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजले मंगलबार हेटौँडामा आयोजना गरेको संसदीय पत्रकारिता तालिम उद्घाटन गर्दै उनले बाँकी ऐन पनि आवश्यकता अनुसार बन्ने बताए । प्रदेशसभाले कानुन निर्माणमा ढिलाइ गरेको आरोप प्रदेशसभा सदस्यहरुबाटै आइरहेकाप्रति उनले कानुन जस्तो कुरामा हतार गर्न नहुने बताए ।

सभामुख श्रेष्ठले प्रदेशसभाबाट निर्माण गरिने कानुन जनताको आकाँक्षा पुरा गर्ने गरी आउनुपर्ने भएकाले निर्माणमा हतार गर्न नहुने बताएका हुन् । साथै सकरात्मक कुरामा पत्रकारहरुले कलम चलाउनेपर्ने समेत उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*