मनहरीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त, म्याजिक र अटोको चाप बढ्यो

तु खबर संवाददाता
२०७५ श्रावण २२, मंगलवार ०८:४२

मकवानवपुर, २२ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सवारी चाप थेग्न नसकेको अवस्थामा जिल्लाको पश्चिम मनहरी बजारमा समेत त्यस्तै समस्या थपिएको छ । बजारमा सवारी साधनको चाप बृद्धि भएसंगै बजारको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त देखिएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।

साना तथा ठुला सवारी साधनहरु मुख्य राजमार्गको छेउछाउमा अब्यबस्थीत तरिकाले पार्किङ गर्नु तथा अब्यवस्थित तरिकाले फुटपाथे खुद्रा पसलहरु बाटोको छेउछाउमा राखी पसल सञ्चालनसंगै बजारको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त हुन थालेका हो । बिशेष गरी मनहरी आसपासमा सञ्चालन हुने अटो रिक्सा, मकवानपुर साझा यातायात ,म्याजिक तथा ई क्सिा को संख्यामा अत्याधिक बृद्धि तथा अब्यबस्थित पार्किङ संगै ट्राफिक ब्यबस्थापन अस्तब्यस्त देखीएको हो ।

ट्राफिक ब्यबस्थापनमा समस्य देखीए संगै मनहरी बजारको सुन्दरता पनि कुरुप भएको छ । मनहरी बजारमा हाल एक सय भन्दा बढी आटो , सात वटा भन्दा बढी म्याजिक तथा केही महिना अघि देखी सञ्चानमाा आएको मकवानपुर साभmा यातायात ७ वटा सञ्चालनमा रहेका छन । मनहरी बजारको आकार भन्दा अटो लगाएतका सवारीको चापमा बृद्धिसंगै पैदल यात्रा गर्ने यात्रुहरुको लागि समस्या उत्पन्न भएको छ । मुख्य राजमार्गको वरिपरि अटो म्याजिक लगाएतका सवारीहरु पर्किङ गरिरहे पनि इलाका प्रहरि कार्यालय मनहरीका ट्राफिक भने मौन रहेका छन् ।

मकवानपुर साझा यातायातले मनहरी बजारको सडक छेउमै आफ्नो टिकट काउन्टर बनाई अब्यवस्थित तरिकाले सञ्चालन गरिरहेका छन् । त्यसै गरी मुख्य राजमार्गको छेउछाउमा माछा मासु फलफुल फास्टफुट लगायतका पसलहरु सञ्चालनले गर्दा बजार अस्तब्यस्त भएको छ । मनहरीका भित्री बाटोहरु पनि सानो भएकाले पैदल यात्रुहरु कतै सवारी साधनले ठक्कर देला भनेर डराएर हिँड्नु पर्ने बाध्यता रहेको छ । ट्राफिक ब्यबस्थापनमा सम्बन्धित निकायले ध्यान नदिएमा पैदल यात्रुहरु ठुलो दुर्घटनामा पर्ने सम्भावना बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*